• ६ साउन २०८१, आइतबार

जीप दुर्घटनामा प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते

blog

काठमाडौं,  साउन २८ गते । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ ।

घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दैछ । 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लक्ष्मण बुढा गम्भीर घाइले हुनुभएको छ ।

सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले हुनु भएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार हुनुहुन्थ्यो ।

गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्ता मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित स्रोत साधनले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नसकिने भए मन्त्रालयमा बेलैमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिनुभएकाे छ ।