• १५ चैत २०८०, बिहिबार

गण्डकी गाउँपालिका अध्यक्षद्वारा पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण

blog

गाेरखापत्र अनलाइन

गोरखा, साउन २८ गते । गोरखाको गण्डकी गाउँपालिका अध्यक्षले पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले आफ्नो पहिलो महिनाको सेवा सुविधा वडा नं. ७ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यपक  दिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

निर्वाचनको बेला शिक्षालाई प्राथमिकता दिने भनेर आफूले जनतालाई वचन दिएकाले भत्ता तथा सेवा सुविधामार्फत प्राप्त रकम विद्यालयलाई दिएको उहाँले जानकारी दिनुभयो । ‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्राथमिकता दिन्छु भनेको थिएँ ’ उहाँले भन्नुभयो  ‘त्यसैले निर्वाचनपश्चात् कार्यसमितिसँग छलफल गरेर भत्ता तथा सेवा सुविधामार्फत प्राप्त भएको ३६ हजार २०० रुपियाँ मैले विद्यालयलाई दिएको हो ।’

आफू पहिले यही विद्यालयमा अध्ययन गरेर राजनीतिक क्षेत्रमा आइपुगेको तथा गाउँपालिकाभित्रको नमुना विद्यालय भएकाले पनि अनुदानस्वरुप रकम दिएको उहाँले बताउनुभयो ।

अहिले उक्त विद्यालयमा चेपाङ छात्राबास सञ्चालन भइरहेको छ । सो छात्राबास सञ्चालनमा केही सहयोग मिलोस् भनेर अनुदान दिएको उहाँको भनाइ छ ।

आफूले दिएको रकमले त्यहाँ अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पढाइमा टेवा पुगी उच्च शिक्षा हासिल गर्न सहज हुने उहाँले अपेक्षा राख्नुभएको छ ।