• १४ वैशाख २०८१, शुक्रबार

ब्राउन सुगरसहित अटोचालक पक्राउ

blog

लीला झापाली

बिर्तामोड, साउन २९ गते । झापाको बिर्तामोड नगरपालिका –४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटोचालकलाई पक्राउ गरेको छ । 

शनिबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोरिक्सालाई रोकी चेकजाँच गर्दा पक्राउ परेकाे हाे । 

अटोचालक सुनसरी घरभई हाल बिर्तामोड डेरा गरी बस्ने वर्ष ४० को उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसैगरी, चौधरीलाई थप सोधपुछ गर्दा सिराह अमरुवा गाउँपालिका -५ घरभई हाल बिर्तामोड नगरपालिका -३ मा डेरा लिई बस्ने प्रतीक्षा चौधरीसमेतको सम्लग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ ।

हाल दुबैलाई आवश्यक कारवाहीका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।