शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १२ गते । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप भीरकोट नगरपालिका–७, पासिनडाँडाका ४६ वर्षीय चिरञ्जिवि खत्री पक्राउ परेका छन् ।
११ वर्षीया बालिकालाई प्रलोभनमा पारेर गत फागुन १८ गते पहिलो पटक दुर्व्यवहार गरिएको र त्यसपछि पनि पटक–पटक यौन हिंसा भएको भन्दै फागुन २५ गते उजुरी परेको थियो ।
उजुरी दर्ता भएपछि आरोपी फरार भएको र खोजतलासका क्रममा प्रहरीले वीरगञ्जबाट पक्राउ गरी स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । खत्रीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।
नाबालिकासँग सम्बन्धित संवेदनशील प्रकृतिको मुद्दा भएकाले आवश्यक सावधानी अपनाएर अनुसन्धान अघि बढाइएको चौधरीले बताउनुभयो ।