• १२ वैशाख २०८३, शनिबार

निस्दी खोलामा डुबेर एक पुरुषको मृत्यु

blog

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख १२ गते । पाल्पामा निस्दी खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

रामपुर नगरपालिका-३, किर्तिपुरस्थित निस्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर रामपुर–१, बैडा बस्ने ३९ वर्षीय खिमबहादुर खाणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर खाणको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । ८ वर्षीय छोरीलाई लिएर खोलामा जानू भएका खाँण पौडी खेल्ने क्रममा डुब्नु भएको थियो ।

स्थानीयले घटना थाहा पाउने वित्तिकै खोलाबाट उद्धार गरेपनि उहाँको निधन भैसकेको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।