• १२ वैशाख २०८३, शनिबार

अगस्टमा ‘क्यास्पियन शिखर सम्मेलन’ गर्ने इरानको योजना

blog

राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका सर्वोच्च नेता मोजतबा खामेनी ।

तेहरान, वैशाख १२ गते । रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका बाबजुद सातौं क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको बताउनुभएको छ । “अहिले, हामी सम्मेलन गर्ने योजना बनाइरहेका छौँ र यदि परिस्थितिले अनुमति दियो भने कार्यक्रम निश्चित हुनेछ,” जलालीले भन्नुभयो । 

उहाँले भन्नुभयो, “इरान सरकारले यसै वर्षको अगस्ट १२ मा क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको छ, जुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका सर्वोच्च नेता मोजतबा खामेनीबिच बैठकको लागि पहिलो सम्भावित अवसर हुन सक्छ ।” ‘क्यास्पियन फाइभ’ भनिने रूस, अजरबैजान, इरान, कजाकस्तान र तुर्कमेनिस्तानसहित पाँच तटीय राज्य सदस्य रहेको यस क्षेत्रको क्यास्पियन फोरम एक उच्च-स्तरीय मञ्च हो । रासस/एएफपी