नेपालगञ्जबाट काठमाडौंका लागि उडेको पाँच मिनेटमै श्री एयरको जहाज भित्र धुवा निस्केपछि जहाजलाई पुन नेपालगञ्ज फर्काएर आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्जदेखि काठमाडौका लागि बिहीबार बिहान सवा ९ बजे उडेको ९ एन एएनएफ नम्बरको सो जहाज भित्र एक्कासी धुवाको मुस्लो निस्केपछि जहाजलाई तत्काल फर्काएर आकस्मिक अवतरण गरिएको श्री एयरका नेपालगञ्ज स्टेशन प्रमुख पर्सुराम चौधरीले बताउनुभयो ।
गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्रका शाखा प्रमुख कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वार्षिक रुपमा गर्नुपर्ने कामहरुको बारेमा आर्थिक वर्षको सुरुवातमै शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले नविनकुमार रेउलेको परीक्षा रद्द गरेको छ । प्रदेश लोकसेवाको विज्ञापन नंं ५८४–५८८/०७८–७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अन्र्तगत सहायकस्तर चौथो तह, अहेव पदको परीक्षा दिएका रेउलेको लिखित परीक्षा रद्द गरेको हो ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सप्तकोसी नदीको उद्यपुरको बेलाका नगरपालिकास्थित बाँध फुटाएर बस्तीमा पसेका स्थानको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । बाँध फुटेको घटनास्थल पुगेर मन्त्री कार्कीले बाढी पीडित कोही पनि भोकै बस्नुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ ।
सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम 'सन होल सोलार स्टर्म' दिएका छन् । वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताउनुभयो ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुखमार्फत् सङ्घीय सरकारविरुद्ध सातदिने अल्टिमेटम दिने जानकारी दिनुभएको छ । जनकपुरधामस्थित गृह तथा सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संघ सरकारले प्रदेशलाई बेवास्ता गरेको भन्नुहुँदै सङ्घीय सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत आउँदो २२ गते सातदिने अल्टिमेटम जारी गर्ने बताउनुभएको हो ।
सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा डाइलासिस सेवा सञ्चालनको तयारी भएको छ । अस्पतालले मिर्गाैलाका बिरामीको सहजताका लागि सो सेवा सञ्चालनको तयारी गरेको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मङ्गलबार खोलाले बगाएर बेपत्ता भएका दिल कुमार सुनारको शव फेला परेको छ । बाणगंगा नगरपालिका ९ बर्दवास्थित कोइली खोलाले सुनार परिवारका तीन जना बगाएको थियो ।
वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् ।
तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफूल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ ।
सिद्धार्थ गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाँउ तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचिकृत गर्न पहल हुने भएको छ । तिलौराकोटको अवलोकन गर्नुुभएपछि सो विषयमा प्रक्रियाहरु अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभएको हो ।
धनकुटाको हिलेबजारमा आजदेखि नेवाः समुदायको परम्परागत जात्रा लाखे जात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाह नै नगरी हिलेमा लाखे नाच सुरु गरिएको हो । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आज मंगलबारबाट झीगु नेवाः समाज, हिलेले निकालेका हुन् ।