• १८ असार २०८१, मङ्गलबार

सप्तकाेसी तटबन्ध फुटेपछि

श्रीलङ्का टापुसहित १० हजार घर डुबानको जोखिम

blog

जयकृष्ण यादव 

इनरुवा, साउन १८ गते । डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।

कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र सुनसरीको वराहक्षेत्र नगरपालिकाको ६ र ९ को श्रीलङ्का टापुमा  क्षति पुग्ने खतरा रहेको बताइएको छ । 

जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आ–आफ्ना घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्केका छन् । प्रभावित स्थानीयहरूलाई सुरक्षित गराउन नगरपालिका लागि परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख कार्की बताउनहुन्छ । 

सप्तकोसीले ४०/५० बिगाहा जमिन कटान गरेपछि बाढी बस्तीतिर पसेको बेलका नगरपालिका वडा नं ८ का अध्यक्ष जयकुमार राईले बताउनुभयो । सप्तकोसीले दैनिक रूपमा ३ देखि ५ मिटरसम्म कटान गरिरहेको थियो ।

सप्तकोसी नदीको पश्चिमतर्फको बाँध फुटाएर बस्तीमा पसेर प्रभावित बनाएको समाचार बाहिर आएपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की घटनास्थल पुग्नुभएको छ । 


यस क्षेत्रमा दुई सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब ४ बजे सप्तकोसी नदीकोे बाँध फुटेपछि बस्तीमा प्रवेश गरेको हो । 

बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणका लागि निर्माण गरेको बाँधलाई फुटाएपछि बेलका नगरपालिकाका दर्जनौँ बस्ती, हजारौँ परिबार जोखिममा परेका छन् ।

बेलका नगरपालिकाका प्रमुख कार्कीका अनुसार अहिले बेलकाका करिब १० हजार घर डुबानको जोखिममा छन् । डुबानको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लैजान थालिएको उहाँले बताउनुभयो ।