• ४ जेठ २०८१, शुक्रबार

गुल्मीदरबारका शाखा प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता

blog

वार्षिक कार्यसम्पादन सम्झौता हुँदै । तस्विर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन १९ गते । गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्रका शाखा प्रमुख कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । 

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वार्षिक रुपमा गर्नुपर्ने कामहरुको बारेमा आर्थिक वर्षको सुरुवातमै शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

शाखा प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । शाखा अन्तर्गतका संस्थाहरुसँग शाखा प्रमुखले सम्झौता गर्नुपर्नेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापासँग सम्झौता गर्नुभएको छ । 

कार्यसम्पादन  सम्झौताअनुसार राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कार्य सम्पादन नगर्नेलाई दण्डित गर्ने व्यवस्थासमेत गरिएको पाण्डेले बताउनुभयो ।