• ८ वैशाख २०८१, शनिबार

सप्तकोसीको बाढीकाे कटानमा गोबरगाढाका विद्यालय र स्वास्थ्य चौकी

blog

माला कर्ण

कल्याणपुर, साउन १९ गते । सप्तकोसीमा आएको बाढीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १३ गोबरगाढाका विद्यालय भवन र स्वास्थ्य चौकी क्षेत्र कटानमा परेको छ । 

वडा नम्बर १३ मा रहेको टापु क्षेत्र भनेर चिनिने गोबरगाढाको आधारभूत विद्यालय कटान गरिरहेको वडाध्यक्ष कुसेश्वर यादवले जानकारी दिनुभयो । सोही ठाउँमा रहेको स्वास्थ्य चौकी पनि कटान गरेको छ । बाढीले बगाउने देखिएपछि स्थानीयहरुले छानो र सामान सारेका छन् । 

सो बस्तीमा तीन सय मानिस छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती प्रभावित भएका छन् ।