• १८ असार २०८१, मङ्गलबार

रुखमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

blog

जानु पाण्डे
कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताउनुभयो ।

बुधबार बिहान करिब ९ बजेर १० मिनेटमा नगरपालिकाको वडा नम्बर २ मेचकुरीबाट लखन चोक जाँदै गरेको लु ६४ प ५७६२ नम्बर रुखमा ठोकिएको थियो । गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएपछि रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैजना प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुराइएको थियो । अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, पिपराले जनाएको छ