• ५ साउन २०८१, शनिबार

मोबाइल नम्बर लेखेर फोन गर्न अनुरोध गर्नेको परीक्षा रद्द

blog

नविन शाही

सुर्खेत, साउन १९ गते । प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले नविनकुमार रेउलेको परीक्षा रद्द गरेको छ । प्रदेश लोकसेवाको विज्ञापन नंं ५८४–५८८ / ०७८–७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अन्तर्गत सहायकस्तर चौथो तह, अहेव पदको परीक्षा दिएका रेउलेको लिखित परीक्षा रद्द गरेको हो । 

रेउले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ सल्यानका हिराराम रौलेका छोरा हुन् । उहाँले वस्तुगत र विषयत उत्तरपुस्तिकाको उत्तरखण्डमा आफ्नो मोबाइल नम्बर लेखी फोन गर्न अनुरोध गरेको भेटिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । 

आयोगका अनुसार रेउलेलाई प्रदेश लोकसेवा अयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसूर गरेको भन्दै लिखित परीक्षा रद्द गरी आयोगबाट आगामी दुई वर्षसम्म हुने पदपूर्ति सम्बन्धि सबै विज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको छ ।