• १९ असार २०८१, बुधबार

गेटा मेडिकल कलेज र वीर अस्पतालबीच दुई पक्षीय सम्झौता

blog

अविनाश चौधरी

धनगढी, साउन ९ गते । गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको छ । 

चिकित्सकीय सेवालाई विस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि दुवै संस्थाबीच सम्झौता भएको हो । गेटा मेडिकल कलेज, अस्पतालका निर्देशक सहायक प्रा।डा. प्रमोद जोशी र कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

सम्झौतानुसार दुवै संस्थाले विशेषज्ञ जनशक्ति आदानप्रदान गर्ने छन् । यसैगरी, विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोग पनि आदानप्रदान गर्ने सम्झौता गरिएको छ । 

यस्तै, अन्य विषयमा आपसी छलफल तथा समझदारीमा उपचारात्मक सेवाहरुको आदानप्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । 

कैलालीको गेटामा भौतिक संरचना तयार भए पनि गेटा मेडिकल कलेज, अस्पताल अहिलेसम्म सञ्चालन भने हुन सकेको छैन । सरकारले अझै पनि यसको मोडालिटी नै बनाउन सकेको छैन ।

मोडालिटी तय नहुँदा मेडिकल कलेज, अस्पताल सञ्चालनको कुनै टुङ्गो लागेको छैन । अहिलेसम्म पाँच अर्ब रुपियाँ खर्चेर भौतिक संरचनामात्रै बनाइएको छ ।