• ८ जेठ २०८१, मङ्गलबार

म्याग्दीमा पहिरो जाँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

blog

काठमाडौँ, साउन १७ गते । अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु र तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घमबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सो पहिरोमा परेर घमबहादुर विक, उहाँको श्रीमती राममाया र सात वर्षीया छोरी रोजी विक अझैँ बेपत्ता रहेको र स्थानीयबासीले खोजी जारी राखेका छन् ।

प्रहरीका अनुसार पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीयबासीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ ।