• ५ साउन २०८१, शनिबार

सेती महाकाली राजमार्ग १५ करोड रूपियाँमा मर्मत

blog

महाकाली राजमार्ग अन्तर्गत शाहुखर्क सडकखण्डमा बनाउँदै गरेको पर्खाल । तस्विर– पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, साउन २४ गते । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ ।

सेती र महाकाली राजमार्ग पूर्ण रुपमा सुचारु रहेको सडक डिभिजन कार्यालय डोटीका ईञ्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिनुभएको हो । 

गत वर्ष २०७८ असोज ३१ देखि कार्तिक २ गतेसम्म परेको अविरल बेमौसमी वर्षाले महाकाली र सेती राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएपछि समस्या परेको थियो ।

यस्तै, डडेल्धुराको स्याउलेदेखि डोटीको साजघाटसम्म पहिरोले बिग्रिएको सेती राजमार्गको मर्मतमा आठ करोड रकम खर्च गरिएको छ । 

सेती राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा भासिएको सडकमा बाहेक अन्य क्षेत्रमा पर्खाल लगाउने काम सकिएको छ । 

रडुवाखोलामा करिब ७० मिटर सडक भासिएको छ । उक्त सडक मर्मतका लागि बायो टेक्निकल इन्भेस्टिगेशन अध्ययन गरिएको छ ।