• ७ जेठ २०८१, सोमबार

प्रधान न्यायाधीशविरुद्धको महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुँदै

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, साउन २२ गते । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ ।

सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि शुरू भएकाे बैठकमा महाभियोगको प्रस्तावबारे छलफल भइरहेकाे छ ।

सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिनभित्र प्रतिनिधि सभामा पेस गर्नुपर्छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ (५) मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ ।