• ५ साउन २०८१, शनिबार

यातायात दुर्घटनामा परेर झापामा दुईकाे मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन २३ गते । झापामा छुट्टाछुट्टै भएका दुई वटा दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । एकजना मोटरसाइकलबाट झर्ने क्रममा र अर्को एक जनाको साइकलबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ ।

जिल्लाको कचनकवल वडा नं. ५ मा सोमबार साइकलबाट लडेर ५० वर्षीय सुकुरू गणेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।

साइकलबाट लडेर गम्भीर घाइते बन्नुभएका गणेशको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 

यसैगरी, आइतबार साँझ बुद्धशान्ति गाउँपालिका वडा नं. २ रबर बगानस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा पर्नुभएका एक महिलाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ । 

जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल पछाडि सवार ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो । आफ्नै छोरा ४४ वर्षीय सुमन कार्कीले चलाएको मोटरसाइकलको पछाडि सवार उहाँ मोटरसाइकल अनियन्त्रित हुँदा झरेर गम्भीर घाइते बन्नुभएको थियो । 

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उहाँलाई उपचारका लागि लगिएकोमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।