• ६ जेठ २०८१, आइतबार

जापानमा एकै दिन दुई लाख ५० हजार सङ्क्रमित, दुई सय ५१ को मृत्यु

blog

टोकियो, साउन २६ गते । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ ।     

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।     

अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।     

यहाँ काेरोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप द्रुतगतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिका तुलनामा यो उपप्रजाति द्रुतगतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीले जनाएका छन् ।     

यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।     

जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमित भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।