• ६ साउन २०८१, आइतबार

प्रचण्ड र डा. भट्टराईबीच साझा चुनाव चिह्नमा सहमति

blog

काठमाडौं, साउन २९ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।

अध्यक्षद्वय 'प्रचण्ड' र डा. भट्टराईबीच एउटै निर्वाचन चिन्ह लिएर आगामी चुनावमा जाने सहमति भएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभयो । 

नेकपा (माओवादी केन्द्र)काे चुनाव चिन्ह गाेलाकारभित्र हसिँया हथाैडा रहेकाे छ । यही चुनाव चिन्ह लिएर डा. भट्टराईले यसअघिका प्रतिनिधिसभाका दुईवटा चुनावमा जित्नुभएको थियो भने पछिल्ला प्रतिनिधिसभाको निर्वाचनमा आँखा चिन्ह लिएर तेश्राे पटक विजयी बन्नुभएको थियो ।

उहाँले भन्नुभयो, “उहाँहरुबीच गठबन्धनमा जाने, एउटै चुनाव चिन्हमा जाने सहमति भएको छ । घोषणापत्र पनि मिलेर बनाउने भन्नेछ ।”

उहाँका अनुसार भेटवार्तामा माओवादी केन्द्र र नेसपाबीच साझा घोषणापत्रमार्फत् मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जाने सहमति पनि जुटेको छ ।