• ६ साउन २०८१, आइतबार

निर्वाचन खर्च विवरण नदिनेसँग पाँच लाखसम्म जरिवाना हुने

blog

जिल्ला निर्वाचन कार्यालय गुल्मी, तस्विर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन ३१ गते । निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेको पाइएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेद्वारमध्ये ५५८ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ६८५ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले उम्मेद्वारहरुका लागि खर्चको सीमा निर्धारण गरेअनुसार नगरपालिका प्रमुख तथा उपप्रमुखहरुले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजारसम्म, वडाध्यक्षले दुुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । 

यता निर्वाचन कार्यालय गुल्मीका प्रमुख माया कुँवरले निर्वाचन आयोगले असार मसान्तसम्म सबैको विवरण अनलाइनमा राख्न निर्देशन दिएको र सोही अनुसारको विवरण आयोगमा पठाएको दाबी गर्नुभयो ।

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई पाँच लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने प्रवाधान छ ।