• ६ साउन २०८१, आइतबार

वामदेव पनि माओवादीकाे चुनाव चिन्ह लिएर चुनाव लड्ने (भिडियो)

blog

काठमाडौं, साउन ३१ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईपछि वामदेव गौतमबीच संयुक्तरुपमा चुनाव लड्ने विषयकाे प्रस्ताव स्वीकृत गरेको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले मङ्गलबार बिहान पेरिसडाँडामा बसेको बैठकमा माओवादीले डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै महराले भन्नुभयो,  “स्थायी कमिटी बैठक बस्यो । आज एउटै विषय मात्रै थियो । डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने विचार व्यक्त गर्नुभएको छ, त्यसलाई हामी स्वागत गर्छौं । र, उहाँहरुलाई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गाेलाकारभित्रकाे हसियाँ हथौडामा चुनाव लड्नका निम्ति हामीले उहाँहरूलाई स्वीकृत गर्यौं ।”


तर, यसमा केही शर्तहरु रहेकाले यस विषयमा गौतम र भट्टराईबीच थप छलफल हुने उहाँले बताउनुभयो ।यो विषयमा सत्ता गठबन्धनमा पनि छलफल गरेर टुङ्गो लगाउने कुरा भएको उल्लेख गर्नुहुँदै उहाँले माओवादी स्थायी कमिटी बैठक भोलि बुधबार बिहान ८ बजे पुनः बस्ने पनि बताउनुभयो ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बैठक लगत्तै गठबन्धनको छलफलमा जानुभएको छ । 

आज निर्वाचन आयोगमा भने माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह दर्ता गर्ने तयारी भएको छ ।