• ७ जेठ २०८१, सोमबार

श्रीकृष्ण जन्माष्टमीमा रातभर देउडा

blog

कृष्ण अष्टमीको अवसरमा स्थानीयहरु देवडा खेल्दै, तस्बिर– हरिकृष्ण ऐडी ।

हरिकृष्ण ऐडी

मुगु, भदौ ४ गते । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ को भाकामा खेलिने देउडा कार्यक्रम मुगुको गमगढी बजारमा शुक्रबार रातिदेखि शनिबार बिहानको  १० बजेसम्म चलेर समापन गरिएको छ ।

कोरोना न्यूनिकरण भएपछि श्रीकृष्ण जात्रा व्यवस्थापन समितिले स्थानीय रैथाने कला संस्कृतिको प्रदर्शन गर्दै यस वर्षको श्रीकृष्ण अष्टमी मनाएको हो ।

यस पटक जात्रामा देउडा खेल्नको लागि उल्लेख्य रुपमा छिमेकी जिल्ला हुम्ला र जुम्लाका नागरिकको सहभागिता देखिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष लोकजंग शाहीले जानकारी दिनुभयो ।