• २ असार २०८१, आइतबार

एमाले बाँकेद्वारा प्रतिनिधिसभाका तीन वटै क्षेत्रमा नाम सिफारिस

blog

सिराज खान 

नेपालगञ्ज, भदौ २१ गते । नेकपा (एमाले) बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । 

क्षेत्र नं. १ ले सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ ।

यसैगरी, बाँके क्षेत्र नं. २ मा मोहम्मद हारुन हल्वाई, शिव डोटेल, रवीन्द्र लम्साल, रचना श्रेष्ठ, पार्वती बोहरा र अक्रम अन्सारीको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभा निर्वाचनका लागि किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरेको छ । 

समानुपातिकका लागि जिल्ला कमिटीले नाम टुङ्ग्याउने भएकाले यस विषयमा छलफल भइरहेको एमाले बाँके सङ्गठन विभाग प्रमुख भीम ओलीले जानकारी दिनुभयो ।