राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डडेल्धुराका ५४ छनोटमा परेका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो ।
नागरिकता बनाउनेको चाप बढेपछि कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा दुई महिना पालो कुर्ने बाध्यता भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा स्टिकर नभएका, पुरानो भएका, अक्षर नबुझिने खालका नागरिकता परिचयपत्रको सिस्टमले नलिएपछि प्रतिलिपि बनाउने चाप बढेको हो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अबको एक साता भित्रमा पाँच दलीय गठबन्धन टुङ्गो लाग्ने बताउनुभएको छ ।
दोलखाको मुडेदेखि शैलुङ गाउँपालिकाको कार्यालय सम्म पुग्ने सडक मर्मतको काम सुरु भएको छ । निर्माण कम्पनीले बुधबारबाट सडक निर्माणको काम सुरु गरेको हो । एकहप्ता अघिदेखि मुडे शैलुङ सडक निर्माणमा ढिलाइ भन्ने समाचार गोरखापत्र दैनिकमा प्रकाशन भएपछि कार्यालयले ममर्तको काम सुरु गरेको छ ।
तनहुँको भानु नगरपालिका–४ निवासी गोरे सार्की दुई कोठे पक्की घर पाएपछि खुसी हुनुहुन्छ । पक्की घर बनेपछि बस्ती वरपर घरिघरी चितुवा आइरहने छाप्रोमा बस्नु पर्दा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डर हटेको उहाँ बताउनुहुन्छ ।
सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीको सम्झौता तोडेको छ । खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता तोडेको हो ।
गैरसरकारी संस्थाहरुले नियमित रुपमा सार्वजनिक सुनुवाई नगरेको पाइएको छ । समुदायका हकहितका लागि र विकास निर्माणसम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका संस्थाहरुले सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ तथा सम्बन्धित नियमावली –२०६५ मा सार्वजनिक सुनवाइको कार्यविधिअनुसार जिल्लामा सार्वजनिक सुनवाइ नगरेको पाइएको हो ।
जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताइकाे छ ।
नाम्खा गाउँपालिका – ६ को हिमालपारीको गाउँ लिमीमा मोबाइल सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमको मोवाईल टावर निर्माण कार्य पुरा हुँदा मोवाईल सेवा सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरीका कार्यालय स्याङ्जाले एकै दिन ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । ५ वर्षको अवधिमा विभिन्न मुद्धाका फरार प्रतिवादीहरुलाई बुधबार एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नेपाल शेर्पा विद्यार्थी सङ्घको इकाइ समिति गठन भएको छ । पाथीभरा बहुमुखी क्याम्पसमा सर्गम शेर्पाको अध्यक्षतामा इकाइ समिति गठन भएको हो ।
शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि सबै विद्यार्थीको हात हातमा अझैँ पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छापिरहे पनि दैनिक रुपमा माग आइरहेकाले सबै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुग्न नसकेको देखिएको छ ।
शेरबहादुर राईओखलढुङ्गा, भदौ २९ गते । ओखलढुङ्गामा पाँच जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्लामा पाँच वर्षको अवधिमा पाँच जनाले नेपाली नागरिकता त्यागेका हुन् ।जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाको तथ्याङ्कअनुसार २०७४ साल यता पाँच जनाले नागरिकता त्याग्नुका साथै सात जनाको नागरिकता रद्ध गरिएको छ । हालसम्म दुई महिला र तीन पुरुषले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जानकारी दिनुभयो । विभिन्न देशमा गएर उतैको नागरिक भएका अधिकांशले नेपाली नागरिकता त्यागेको सिग्देलको भनाइ छ । दोहोरो नागरिकता लिएका तथा गलत विवरण भरिएका नागरिकताहरु पनि रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।
पौडी छनोट खेलका लागि तयारी अवस्थामा रहेको देशकै दोस्रो ठूलो पौडी पोखरी । तस्विर - सिराज खान । नेपालगञ्ज
सप्तरी जिल्लाकाे तिलाठी कोईलाडी सीमामा पर्ने दशगजा क्षेत्रमा एकजनाको लास फेला परेको छ ।