• १२ वैशाख २०८१, बुधबार

दशैँमा खसीबोका व्यापार

नेपाली उत्पादन बिक्री भएन, तस्करलाई भ्याइनभ्याई

blog

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा खसी बजारमा बिक्रीका लागि ल्याइएका खसीबोका । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज १२ गते । दशैँ सुरु भए पनि पशुपालक कृषकले उत्पादन गरेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् । स्थानीय उत्पादन भएका खसी बोका बजारीकरण नहुँदा फर्म सञ्चालन गरेका र घरायसी रूपमा बाख्रा पालेका व्यवसायी मर्कामा परेका हुन ।

शिवराज नगरपालिका –५ मा अवस्थित नन्दकली बाख्रा फर्म सञ्चालक ज्ञानेन्द्र लामिछानेले स्थानीय खसी बोकाले बजार नपाएको गुनासो गर्नुभयो । “भारतबाट तस्करी भई पशु भित्रिएका छन् । ती पशु चौपाया सस्तो मूल्यमा पाइने हुँदा हाम्रा उत्पादन बिक्री नभएका हुन् ।” 

चोरी निकासी गरी ल्याएका पशु चौपाया नक्कली बिल तयार गरी काठमाडौं, पोखरा लगायतका ठाउँमा पुग्नेगरेको लामिछानेले बताउनुभयो । कपिलवस्तुको कृष्णनगर र विजयनगर गाउँपालिका हुँदै भारतीय पशु चौपाया नेपाल भित्रिने गरेका छन् । 

चाडपर्व लक्षित पछिल्लो समय खसीबोका तस्करको गिरोह नै सक्रिय रहेको स्थानीयहरु बताउँछन् । 

त्यसरी भित्र्याइएका पशु चौपायालाई नक्कली बिल बनाई शिवराज नगरपालिकास्थित खसी बजारमा पुर्‍याउने गर्छन् । त्यहाँबाट ट्रकमा लोडगरी जिल्ला बाहिर बिक्री हुनेगरेको व्यावसायिकाे भनाइ छ । चाडपर्व लक्षित पछिल्लो समय खसीबोका तस्करको गिरोह नै सक्रिय रहेको स्थानीयहरू बताउँछन् । 

स्थानीय कृषकका अनुसार तस्करी गरी नेपाल भित्रिएका खसीबोका सीमा क्षेत्रका फर्मको नाममा विजक बनाई काठमाडौँलगायत सहर पुर्‍याइने गरिएको व्यावसायिले बताएका छन् । चन्द्रौटा पशु हाटबजार व्यवस्थापन समितिका अध्यक्ष अब्दुल कुद्दुसले प्रत्येक मंगलबार बिहान बजार लाग्ने गरेको बताउनुभयो । 

हाटबजारमा खसीबोका सस्तो पाइने भएकाले छिमेकी जिल्लाबाट खरिद गरी आउनेगरेको उहाँले बताउनुभयो । अहिले दशैँ नजिकिएकाले बजारमा खसीबोका खरिद गर्नेको घुइँचो  लागेको छ । दाङ, प्युठान, अर्घाखाँची, रुपन्देही र नवलपरासी लगायतका जिल्लाबाट उपभोक्ता तथा व्यापारी खरिद बिक्रीका लागि आउनेगरेको कुद्दुसले बताउनुभयो । चन्द्रौटामा दुई दशकदेखि खसी हाटबजार सञ्चालनमा रहेको छ । 

स्थानीय कृषकका अनुसार तस्करी गरी नेपाल भित्रिएका खसीबोका सीमा क्षेत्रका फर्मको नाममा विजक बनाई काठमाडौँलगायत सहर पुर्‍याइने गरिएको व्यावसायिले बताएका छन् ।

लुम्बिनी प्रदेश मुकाम भालुवाङबाट खसी खरिद गर्न आएका चन्द्रबहादुर घर्तीले रोजेजस्तो र अरु ठाउँभन्दा सस्तोमा खसीबोका पाइने भएको हुँदा विगत १० वर्षदेखि चन्द्रौटा खसी हाटबजार आउनेगरेको बताउनुभयो ।