• १० मंसिर २०८१, सोमबार

बुटवलको तिनाउ नदी (तिलोत्तमा) मा पहिलोपटक सन्ध्याकालीन आरती

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज ११ गते । बुटवलको तिनाउ नदी (तिलोत्तमा) किनारमा पहिलोपटक सन्ध्याकालीन आरती भएको छ । ३ गोलपार्कस्थित दुर्गा मन्दिरको पश्चिममा रहेको संरचनामा स्थानीयको बाक्लो उपस्थितिका बीच सन्ध्याकालीन आरती भएको हो ।

४३ औँ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम गरिएको आयोजक संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एनेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सो आरती पूजाको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै नेता पौडेलले बुटवलमा यसप्रकारको आरती गर्नका लागि संरचना बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।