महाकाली नगरपालिका –४ तिंकर खेडा बस्ने प्रेमसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि खुदुनावारीले हात पारेको छ । फाइनल खेलमा डाँगीबारी फुटबल क्लवलाई ४—० गोल अन्तरले पराजित गर्दै खुदुनावारी विजयी बनेर नगद ५० हजार रुपियाँ प्राप्त गरेको हो ।
म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेल मैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ ।
कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।
महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उनीहरु आफू स्वरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका हुन् ।
धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्ड मा पूरा गरेर ४५ वर्ष उमेर समूहमा साे स्थान हासिल गर्नुभएकाे हाे ।
सोमबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तर तर्फ रहेको मन्दिरमा अष्टमी मेला लाग्ने र राँगा बोको बली दिने प्रचलन रहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिुभयो । उहाँका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ ।
कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरको पाटन सङ्ग्रहालयमा बुधबारबाट प्रदर्शनीको शुभारम्भ भएको हो । प्रदर्शनीमा डंगोलले सृजना गर्नुभएको ३५ थान चित्रहरु प्रदर्शित छन् ।
काठमाडौं, असोज १७ गते । विजयादशमी सुरु भएको आठौं दिन आज बेलुका नेवाः समुदायले ‘कुछी भ्वय्’ खाएर महाअष्टमी पर्व मनाउने चलन छ । नेपालभाषामा ‘कुछी’ अर्थात् दुई माना र ‘भ्वय्’को अर्थ भोज हो । आज महाअष्टमीको दिन नेवाः समुदायले केराको पातमा दुई माना चिउरासहित विभिन्न १२ थरीका मिष्ठान्न भोज तयार गरी खाने चलन छ । नेवाः समुदायमा ‘कुछी भ्वेय्’को ठूलो महत्व छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘कुछी भ्वय्’ ‘कुलछी भ्वय्’बाट अपभ्रंश भएको हो । ‘कुलछी भ्वय्’ अर्थात् कुलहरुसँगै बसेर खाने कुल भोज हो । नेपालभाषामा ‘ल’ को प्रयोग कम हुने भएकाले ‘कुलछी भ्वय्’बाट ‘कुछी भ्वेय्’ भन्न थालिएको उहाँ बताउनुहुन्छ । “कुछी भ्वय् महाभोज नै हो । नेवाः समुदायको मोहनी नख सुरु भएपछिको यो पहिलो भोज हो, जुन कालरात्री सुरु हुनुभन्दा पहिले नै खानुपर्छ,” उहाँ भन्नुहुन्छ, “जसरी देवदेवीहरुले शक्ति आर्जन गरेको हुन्छ । त्यसैगरी मानिसले पनि वर्षभरिका लागि शक्ति आर्जन गर्ने स्वरुपले ‘कुछी भ्वय्’ खाने चलन छ ।” मोहनी नखः वा दशैं सुरु भएदेखि नै कुछी भ्वय् खाने परम्परा सुरु भएको उहाँको भनाइ छ । नेपालमण्डलका जति पनि राज्यहरु थिए, ती सबै मोहनी नखसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । प्रत्येक अष्टमात्रिका र शक्तिपीठबाट सुशोभित गरेर नगर बसाउने क्रममा तत्कालीन लिच्छवि शासकहरुले आराधना गर्ने क्रममा मोहनी नखःको सुरुवात गरेको पाइन्छ ।केराको पातको महत्वकुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिङ्गो उसिनेको अन्डा, भटमास, माछाका साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार ( सानो झोल परिकारको मासु, भुटन र तःकुला अर्थात् मासुको तास) राख्ने परम्परा छ । नेपालभाषामा तःकुकाे अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो । यस्तै, यति व्यञ्जन राखेपछि अन्त्यमा, दही र मिठाइ राखेर भोज खाने काम सम्पन्न हुन्छ । यस्तै, पेयपदार्थको रुपमा जाँड, रक्सी, कत्थ्वँ पिउने परम्परागत चलन छ ।उहाँ भन्नुहुन्छ, “पहिले पहिले थाल थिएन र यसरी आदिमकालमा वा सभ्यताको सुरुवातको समयमा आफूसँग भएको वस्तुलाई नै प्रयोग गरिन्थ्यो । त्यस समयमा ठूलो भोज खानका लागि केराको पात प्रयोग हुन्थ्यो ।” केराको पात ठूलो पनि हुने र यसमा धेरै परिकार पनि अटाउने । केरा यस्तो फल हो जुन हरेक शुभकार्य प्रयोग गरिन्छ र यो चोखो वनस्पतिमा समेत रहेको उहाँको भनाइ छ । यसबाहेक स्वास्थ्यका हिसाबले पनि केरोका पातमा खानु लाभदायी हुन्छ । जस्तै, दक्षिण भारतमा अहिले पनि केराको पातमा भात खाने चलन छ । केराको पात यस महाभोजमा ठूलो आकारको थालको रुपमा प्रयोग भएको छ । उहाँका अनुसार मानिसको आहार नाप्ने तरिका पनि यस भोजलाई लिन सकिन्छ । नेवाः समुदायमा इन्द्रजात्रादेखि समयबजी खान सुरु हुन्छ । इन्द्रजात्रापछिको पहिले चाड नै ‘मोहनी नखः’ हो । यसरी दिनमा समयबजी खाने र भोज रातको समयमा खाने परम्परा छ । यसैलाई अँगालेर वर्षको पहिलो ठूलो भोज भएको कारण यसमा विभिन्न १२ थरीका परिकार राख्ने चलन नेवाः समुदायको मौलिक परम्परा हो । यस्तै, धौभडेल भन्नुहुन्छ, “कुछी भ्वय्भित्र पनि विविधता पाइन्छ । नेवाः समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने चलन छ । कतिपय नेवाः समुदायले दशैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गर्छन् । आफ्नो जात र संस्कृतिअनुसार परम्परा छ ।” उहाँ थप्नुहुन्छ, ‘‘आजको दिन नेवाः समुदायले दुई माना चिउरा राखेर भोज खाने भएकाले दुई माना राख्नका लागि मानाको तलपट्टि रुमाल वा अरु केही राखेर दुई माना बनाउने गरिन्छ ।’’यसरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवाः समुदाय बसोबास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने आ–आफ्नै चलन रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ ।
चाडपर्वको बेला पाल्पाबाट सात करोडको खसी–बोका बाहिरी जिल्लामा निकासी भएको छ । जिल्लाका विभिन्न स्थानबाट मासुका लागि दशैंतिहारको समयमा सात करोड बढीको जिउँदो खसी–बोका जिल्ला बाहिर निकासी भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी,सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो ।
कपिलवस्तुको पर्यटकीयस्थल अरौराकोट संरक्षणको पर्खाइमा रहेको छ । कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको पर्खाइमा रहेको हो । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।
काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ । शितगंगा – ३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।