• १५ असार २०८१, शनिबार

खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

blog

खोला किनारमा छोडिएको गाडी र अनुसन्धानको लागि पुगेको प्रहरीहरु । तस्विरः ध्यान कुलुङ

ध्यान कुलुङ

सङ्खुवासभा, असोज १८ गते । जिल्लाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करिब ४० वर्षका तारानाथ काफ्ले र उहाँको छोरा १५ वर्षका सनम काफ्ले रहेको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि प्रहरीलाई आफन्तले मङ्गलबार बिहान खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुनलगायतका सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

दुई जनामध्ये एक जना खोलामा डुबेपछि अर्कोले बचाउने क्रममा दुवै जना खोलामा डुबेको प्रारम्भिक अनुमान गरिएको डिएसपी गोदारले जानकारी दिनुभयो । 

सोमबार पानी नपरेकाले खोला केही सानो भए पनि रातिबाट नै पानी परेकाले खोलाको सतह बढेको डिएसपी गोदारले बताउनुभयो । बेपत्ता हुनेहरुको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।