• १३ साउन २०८१, आइतबार

एक वर्षपछि ढुवानी अनुुदानको नुुन हेलिकोप्टरबाट ढुवानी सुुरु

blog

राजन रावत

हुम्ला, असोज १८ गते । गत असार महिनाभित्र ओसार्नुपर्ने साल्ट टेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुुन बल्ल ढुवानी सुुरु भएको छ । ढुवानीको जिम्मा पाएको सीता एयरले समयमै ढुवानी कार्य नगरेका कारण सो नुुन एक वर्षपछि ढुवानी सुुरु भएको हो । 

कर्पोरेशन हुुम्लाका प्रमुख राजबहादुुर लामाका अनुुसार अघिल्लो आर्थिक वर्षमा ढुवानी हुनुपर्ने ढुवानी अनुदानको नुुन अहिले आएर बल्ल सुुरु भएको छ ।

सुर्खेतबाट पैदल मार्गबाट जिल्लाको सलीसल्लासम्म ढुवानी भएर आउने र त्यताबाट हेलिकोप्टरमा सिमकोट ढुवानी सुुरु भएको हो । कर्पोरेशनले नुुन ढुवानीका लागि आशयपत्र आव्हान गर्दा प्रतिकेजी ७८ रुपियाँमा सुर्खेतबाट ढुवानी गर्ने गरी सीता एयरले सो काम पाएको थियो ।

सप्लायर्स सीता एयरले अहिले हेलिकोप्टरबाट उक्त नुुन प्रतिकेजी ६६ रुपियाँमा बोक्न बाध्य हुँदै आएको छ । सुुर्खेतबाट सलीसल्लासम्म प्रतिकेजी १२ रुपियाँ ढुवानी तिर्नुपर्छ । जब कि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न सलीसल्लाबाट सोही हेलिकोप्टरले प्रतिकेजी एक सय रुपियाँमा ढुवानी गर्दैै आएको छ ।

हालसम्म साढे तीन सय क्विन्टल नुुन सलीसल्लाबाट ढुवानी भइसकेको छ । अघिल्लो आर्थिक वर्ष ०७८।७९ मा हुम्लाको लागि दुुई हजार दुुई क्विन्टल कोटा थियो । प्रमुख लामाले सबै नुुन सलीसल्लामा आइसकेकाले बाँकी नुुन पनि असोज मसान्तसम्म सिमकोट ढुवानी हुने बताउनुुभयो ।