• १३ साउन २०८१, आइतबार

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

blog

गाेरखापत्र अनलाइन

दार्चुला, असोज १८ गते । महाकाली नगरपालिका –४ तिंकर खेडा बस्ने प्रेमसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेमसिंहसहित ११ जनालाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उहाँको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको हो । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।