बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ।
पर्यटकीय नगरी पोखराको मध्यभागमा अवस्थित आश्चर्य लाग्दो प्राकृतिक पुल ओझेलमा परेको छ । पोखरा उपत्यकाको उत्पत्तिसँगै बनेको प्राकृतिक पुल उजागर हुन नसक्दा ओझेमा परेको हो ।
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । हिजोदेखि परेको अनवरत पानी र झरीको समेत पर्वाह नगरी स्थानीय नेवार समुदायले भव्यरूपमा ब्रह्मायणी जात्रा मनाएका छन् ।
आश्विन शुक्ल नवमी अर्थात् विजयादशमी सुरु भएको आज नवौं दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी मनाउने चलन छ । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । आजको दिन विशेष गरी नेवाः समुदायमा बिहानै घर सफा गरेर विभिन्न मठमन्दिरमा पूजा आराधना गर्ने परम्परा छ ।
नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मङ्गलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो । नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत असार महिनाभित्र ओसार्नुपर्ने साल्ट टेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुुन बल्ल ढुवानी सुुरु भएको छ । ढुवानीको जिम्मा पाएको सीता एयरले समयमै ढुवानी कार्य नगरेको कारण सो नुुन एक वर्षपछि ढुवानी सुुरु भएको हो ।
जिल्लाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करिब ४० वर्षका तारानाथ काफ्ले र उहाँको छोरा १५ वर्षका सनम काफ्ले रहेको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैँ घटस्थापनको दिनदेखि नै विधिवतरुपमा सुरु भएर नवाैं दिन महानवमी धुमधामका साथ मनाइँदैछ । नवौं दिनसम्म नवदुर्गा देवीको पूजा आराधाना गरेर यस वर्ष असोज १९ गते दशमीमा आफूभन्दा ठूलावडाको हातबाट टीका तथा आशिर्वाद लिएर दशैं मनाउने परम्परागत चलन रहँदै आएको छ ।
काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडादशैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रास्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोइपखाली गाडी सर्भिसिङ गरिन्छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतपत्र लिएर वैद्यानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूलाई हातहतियार बुझाउन आग्रह गरेको छ ।
महाकाली नगरपालिका –४ तिंकर खेडा बस्ने प्रेमसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि खुदुनावारीले हात पारेको छ । फाइनल खेलमा डाँगीबारी फुटबल क्लवलाई ४—० गोल अन्तरले पराजित गर्दै खुदुनावारी विजयी बनेर नगद ५० हजार रुपियाँ प्राप्त गरेको हो ।
म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेल मैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ ।
कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।