• २४ वैशाख २०८१, सोमबार

संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

blog

संयुक्त राष्ट्रसङ्घ, असोज १९ गते । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बिया सरकार र यहाँका विद्रोहीहरूलाई शान्ति वार्ताका माध्यमबाट शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । महासचिव गुटरेसले यहाँको सरकार र यहाँ विद्रोह गरिरहेको नेसनल लिबरेसन आर्मी (इएलएन) लाई सो आग्रह गर्नुभएको हो ।     

उहाँका महासचिव स्टेफान डुजारिकले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ– महासचिव गुटरेसले कोलम्बिया सरकारले यहाँका विद्रोहीसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने भनी हालै गरेको निर्णयको प्रशंसा गर्नुभएको छ ।     

साथै महासचिव गुटरेसले यस अवसरलाई सदुपयोग गर्न र वार्ताको टेबलमा बस्न यहाँका विद्रोही समूहलाई आग्रह गर्नुभएको छ ।यहाँका विद्रोही समूहले सरकारसँग वार्ता गर्ने प्रयास गरेको जनाए पनि यसअघि उनीहरू नै इमान्दार नहुँदा वार्ता पटक पटक भङ्ग हुन पुगेको कोलम्बिया सरकारले जनाएको छ ।     

त्यसैले यस वर्ष वार्ता सफल पार्न आग्रह गरिएको महासचिवका प्रवक्ताले जनाएका छन् ।