• २४ वैशाख २०८१, सोमबार

दक्षिण कोरियामा दिनमा ३४ हजार भन्दा बढी कोरोना सङ्क्रमित

blog

सोल, असोज १९ गते । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घण्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।     

यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा वृद्धि भएको हो ।     

पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ । त्यसैगरी यहाँ यो महामारीको सुरुआतदेखि अहिलेसम्म नै दुई करोड भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ ।