• १३ मंसिर २०८१, बिहिबार

उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

blog

काठमाडौँ, असोज २० गते । गृहमन्त्री बालकृष्ण खाणले मङ्गलबार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुबानपीडितलाई यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ । 

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाली प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई टेलिफोन गर्दै सरकारको प्रमुख दायित्व भनेको नागरिकको जीउधन र सम्पत्तिको रक्षा भएकाले त्यसमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभएको हो । 

उहाँले अर्घाखाँची, प्यूठान, रुपन्देही, दाङलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग बाढी, पहिरो र डुबानले जनधनको क्षतिबारे जानकारी लिनुभएको गृह मन्त्रालयका प्रवक्ता  फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । 

उहाँले प्राकृतिक प्रकोपमा परेका जनताको उद्धार, उपचार र राहतका जिल्लामा भएको स्रोत साधनको उपयोग गर्न र नपुगेको तत्कालका लागि आवश्यक पर्ने स्रोत साधनको मन्त्रालयमा माग गर्न निर्देशन दिनुभयो ।  

बाढी पहिरोबाट क्षति भएको विवरण

- मुख्य राजमार्गको अवस्था

-   मुग्लिङ नारायगढ सडकखण्ड अन्तर्गत चितवनको सत्र किलो भन्‍ने स्थानमा लेदोसहितको पहिरोको कारण बाटो अवरुद्ध भएको, १२ ः ३० बजेसम्म सुचारु हुनसक्ने ।

- धादिङ जिल्लाको धुनीबेशी नपा ९ खत्रीपौवास्थित त्रिभुवन राजपथमा बिजुलीको पोलसहित पहिरो आएको कारण बाटो अवरुद्ध रहेको, खुलाउने प्रयास जारी ।

- सिद्धार्थ राजमार्ग लगायत अन्य राजमार्ग सुचारु रहेको । 

अन्य घटना विवरण

- तुलसीपुर उमनपा ११ बगरपुरस्थित बबई खोलाबाट फाँटेको भँगालोले ९ वटा घरलाई वरिपरिबाट घेरी बगेको।

- उक्त घरमा  अन्दाजी ३५ जना मानिसहरु रहेको 

- हाल खोलामा पानीको बहाव घट्ने क्रममा रहेको र अवस्था खतरामुक्त,

- ई.प्र.का.तुलसीपुरबाट प्रहरी टोली खटिएको।

- रुकुम पश्चिम

- वाफिकोट गापा ६ स्थित टेके बुढाथोकीको घरमा बहालमा रहेको अस्थायी प्रहरी पोस्ट बिउन टाकुराको अगाडिपट्टि रहेको कच्ची प्रतीक्षालय अबिरल बर्षाको कारण पहिरो खसी पूर्णरुपमा भत्केको

- साथै भवनसमेत जोखिममा रहेकोले उक्त अ. प्र. पो. बिउन टाकुरामा प्रहको कमाण्डमा ५ जनाको टोली सम्पूर्ण जिन्सी मालसामान सहित ५० मिटर अगाडि रहेको मधुरमन घर्तीको घरको कोठामा बसेको ।

- लमजुङ

- मर्स्याङ्दी गापा ४ अर्खले स्थित लमजुङ(मनाङ सडक(खण्डमा बाटो माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको 

- बाटो खुलाउने पहल भईरहेको

- दाङ

- घोराही  १९ च्यानगैरास्थित होलेरी -घोराही सडकखण्डमा माथिबाट लेदो सहितको पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको 

बाटो खुलाउने पहल भइरहेको ।

दाङ

तुलसीपुर १३ भन्ज्याङ स्थित तुलसीपुर(अमिलिया सडक खण्डमा अबिरल बर्षातको कारण माथिबाट पहिरो खसी बाटो अवरोध भएको,

-सानो गाडी क्रस हुने,ठुलो गाडी नजाने बाटो खुलाउने पहल भइरहेको ।

- प्यूठान

स्वर्गद्वारी ९ स्थित प्यूठान(रोल्पा सडक खण्डको जुरापाटामा सडक माथिबाट अं।४र५ ठाँउमा पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको

- बाटो खुलाउने पहल भइरहेको ।

- सल्यान

कपुरकोट गापा३ फलाटे स्थित दाङ(सल्यान अन्तर्गत राप्ती राजमार्गमा माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको 

बाटो खुलाउने पहल भइरहेको ।

-सुर्खेत

गुर्भाकोट पोखरे स्थित छिन्चु(जाजरकोट सडक खण्डमा सडक माथिबाट हिलो माटोसहितको पहिरो खसी बाटो अवरोध भएको

-बाटो खुलाउने पहल भइरहेको ।


दोलखा

-भीमेश्वर 

बिरुवा स्थित चरिकोट मन्थली सडक खण्डमा माथिबाट लेदो खसी बाटो अवरोध भएको 

-बाटो खुलाउने पहल भइरहेको,

-सानो गाडी पार हुने, ठूलो गाडी जान नसक्ने।

रोल्पा

-रुण्टिगढी ५ खुम्वासा स्थित दाङ(रोल्पा आउने शहीदमार्गमा रुख सहितको लेदो माटो आई बाटो पूर्णरुपमा अवरोध भएको

- बाटो खुलाउने पहल भइरहेको । 

पाल्पा

रिब्दिकोट २ जोर्ते घुम्ति स्थित तानसेन रिडी पक्की सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको

- बाटो खुलाउने पहल भइरहेको ।

नुवाकोट

बेलकोटगढी

७ बुद्धसिङघाट स्थित गल्छी त्रिशूली सडक खण्डमा माथिबाट पहिरो खसी सडक पूर्णरुपमा अवरोध भएको,

- बाटो खुलाउने पहल भइरहेको ।

स्याङ्जा

- गल्याङ न.पा.८ झोल्पेस्थित सिद्धार्थ राजमार्गमा सडकको माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको,

बाटो सुचारु भएको ।

-लमजुङ

-बेसीशहर १ उदिपुर स्थित डुम्रे बेसिशहर सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको, 

-बाटो खुलाउने पहल भइरहेको । 

-मुस्ताङ

-थासाङ ४ घोप्टेभिरस्थित बेनी जोमसोम सडक खण्डमा पहिरो खसी सडक अवरोध भएको 

-बाटो खुलाउने पहल भइरहेको ।

-चितवन

भरतपुर २९ मुग्लिङ नारायणगढ सडक सत्र किलो स्थित अविरल वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको

बाटो खुलाउने पहल भइरहेको ।

थप पहिरो नआएमा दिउँसो १२ बजेसम्म सुचारु हुन सक्ने सम्भावना रहेको ।

धादिङ

धुनीबेशी ९ खत्रीपौवास्थित त्रिभुवन राजपथमा अविरल बर्षातको कारण माथिबाट बिजुलिको पोलसहितको पहिरो खस्दा बाटो अवरोध भएको

-सुरुङमार्गमा समेत पहिरो गएकोमा एकतर्फी बाटो सुचारु भएको ।

प्युठान

- जिल्ला प्युठान प्युठान न.पा.१० टाकुरा बस्ने नरेन्द्र के.सी.को ३ तले टिनले छाएको कच्ची घर माथिबाट पहिरो आई परेको र सोही स्थान बस्ने कुष्माकुमारी खड्का क्षेत्रीको २ तले टिनले छाएको कच्ची घर र १ तले कच्ची गोठ जोखिममा रहेको मानिसहरुको कच्ची घरमा,

- मानवीय,चौपाया क्षति नभएको

- अर्घाखाँची

अर्घाखाँची जिल्लाको विभिन्‍न पालिकाहरुमा वर्षातको कारण जोखिममा रहेका २३ परिवारलाई आजै सुरक्षित स्थानमा सारिएको,

-प्रमुख जिल्ला अधिकारीसहितको टोली स्थलगत रुपमा खटी उद्धारका लागि समन्वय गरिरहेको ।

- नवलपरासी पश्चिम

बर्दघाट त्रिवेणी सडक खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको, खुलाउने प्रयास जारी ।

- पहाडी क्षेत्रमा भएको भीषण वर्षाको कारण गण्डक नदीको जलस्तर बढेको, बिहान १० बजेसम्म पानीको बहाव २,९३,६०० क्युसेक, खतराको लेवल भन्दा कम रहेको

सबै ३६ ढोका खुल्ला रहेको

-२ वटा नदीले खतराको तह पार गरेको र नारायणी (गण्डक) नदीमा पानीको सतह चेतावनी स्तरमा पुगेको ।