नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभाको निर्वाचनमा मनोनयन दर्ता गराउनुभएको छ । भक्तपुरको प्रतिनिधिसभा २ नम्बरबाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराउनुभएको हो ।
गाेरखापत्र अनलाइनरोल्पा, असोज २३ गते । रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराउनुभएको थियो । पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषद्का सदस्य भानबहादुर घर्ती छन् । उहाँले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैँ उपस्थित हुन नसकेको बताउनुहुँदै भन्नुभयो । ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिन । गए राति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ’, फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रूपमा काम गर्न मैले उम्मेदवारी दिएको छु ।’प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित, ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित हुनुभएको थियो ।प्रदेशसभातर्फ भने प्रदेश 'क'मा माओवादीका जोखबहादुर महरा र 'ख'मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा निर्वाचन क्षेत्र नम्बर - २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
झापाको क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ काठमाडौँमा रहेकाले वारेसनामामार्फत् उम्मेद्वारी दर्ता गराउनुभएको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी मनाेनयन दर्ता गराउनुभएकाे छ ।
नेपाल चिकित्सक संघले चितवन मेडिकल कलेजको अति सघन कक्ष आइसीयू तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । असोज १७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले आइसीयूमा तोडफोड गरेका थिए ।
लगातारको वर्षासँगै ११ जना पर्यटक सम्पर्कविहीन भएका छन् । बाग्लुङको ढोरपाटनबाट रुकुमपूर्व हुँदै डोल्पाको तल्लो सेराका लागि हिँडेका ११ पर्यटक पाँच दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
पाँचथरमा उम्मेद्वारी दर्ता प्रक्रिया शुरु भएको छ । हालसम्म राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रले गरेको उम्मेदवार छनौट प्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट असन्तुष्ट हुनुभएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र नम्बर ३ मा आज बिहान ११ बजे उम्मेद्बारी मनोनयन गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा पुग्नुभएकाे छ ।
विगत पाँच दिनदेखि परेको वर्षाका कारण गुल्मीका अधिकांश सडकहरु अवरुद्ध भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको बीच बीचमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल बगाएको छ । यसअघि २०७४ साउन २८ गते आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए ।
झापामा परम्परागत सतार नृत्य हराउँदै गएको छ । झापासहित पूर्वका दशैँका मेलाहरुको प्रमुख आकर्षणको रुपमा रहने गरेका परम्परागत सन्थाल अर्थात सतार नृत्य लोप हुने अवस्थामा पुग्दै गएको हो ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फको उम्मेदवार टुङ्गो लगाएको छ । समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ ।