• १३ साउन २०८१, आइतबार

उम्मेदवार दर्ता गर्न अध्यक्ष प्रचण्ड, भट्टराई र श्रेष्ठसहित गोरखामा

blog

काठमाडौं, असोज २३ गते । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा पुग्नुभएको छ ।

गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्डसहित नेता डा. बाबुराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित गोरखा पुग्नुभएको हो ।

यसअघि उहाँ विगतमा विजयी भएको चितवन क्षेत्र नम्बर ३ बाटै पुनः उठ्ने चर्चा चले पनि गोरखा पुग्नुभएको हो ।