• १३ साउन २०८१, आइतबार

आइसियु तोडफोड गर्नेलाई कारबाहीको माग

blog

काठमाडौं, असोज २३ गते । नेपाल चिकित्सक सङ्घले चितवन मेडिकल कलेजको अति सघन कक्ष आइसियु तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । 

असोज १७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले आइसियुमा तोडफोड गरेका थिए । 

सङ्घले आइतबार विज्ञप्ति निकाल्दै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्तो आपराधिक कार्यप्रति घोर भर्त्सना गरेको हो । 

उपचारको क्रममा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्य संस्थामाथि नै आक्रमण गर्ने कार्य स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको डा. बद्री रिजाल बताउनुभयो । 

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्ने गरी घटाइएको अस्वाविक घटनाका सम्बन्धमा नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी  (पहिलो) संशोधन ऐन २०७९ बमोजिम दोषिमाथि कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सङ्घले माग गरेको छ ।