• २२ वैशाख २०८१, शनिबार

एकीकृत समाजवादीकाे प्रतिनिधिसभा उम्मेदवार

अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट लड्ने

blog

काठमाडौं, असोज २२ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फको उम्मेदवार टुङ्गो लगाएको छ ।

समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झालनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ । एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टीको सचिवालय बैठकले करिब केही दिन अघि र सत्ता गठबन्धनको पछिल्लो बैठकले प्रतिनिधिसभाको उम्मेदवार टुङ्गो लगाएको जानकारी दिनुभयो ।

पाण्डेका अनुसार सिट बाँडफाँटबारे गठबन्धनको आजको बैठकले अन्तिम रूप दिनेछ । प्रवक्ता जगन्नाथ खतिवडा उदयपुर – २, कृष्णकुमार श्रेष्ठ किसान बारा – ४, जीवनराम श्रेष्ठ काठमाडौं – ८, कृष्णलाल महर्जन ललितपुर – २, राजेन्द्रप्रसाद पाण्डे धादिङ – १, विरोध खतिवडा मकवानपुर – १, श्रीनाथ बराल कास्की – २, रामकुमारी झाँक्री गुल्मी – २, सोमप्रसाद पाण्डे पाल्पा – २, राजु गुरुङ रुपन्देही – २, मेटमणि चौधरी दाङ – १, प्रकाश बुढाथोकी ज्वाला सल्यान, धनबहादुर बुढामगर डोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार चयन हुनुभएको छ । यसैगरी, अम्बरबहादुर थापा दैलेख – १, शेरबहादुर कुँवर अछाम – १, भानुभक्त जोशी बझाङ, प्रेमबहादुर आले डोटीको उम्मेदवार हुनुहुन्छ ।

नेकपा (एस) को प्रतिनिधिसभातर्फ २० मध्ये १९ सिटमा टुङ्गो लागेको र कास्की जिल्ला कमिटीले शिवजी गुरुङ र श्रीनाथ बराल दुईमध्ये एक उम्मेदवार चयनबारे छलफल भएको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।