• ११ मंसिर २०८१, मङ्गलबार

बर्दियाको जब्दी पुल बाढीले बगायाे

blog

मुकुन्द सुवेदी

बर्दिया, असोज २२ गते । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल बगाएको छ ।

यसअघि २०७४ साउन २८ गते आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए ।


भासिएकै पुल भए पनि सर्वसाधारणहरु जोखिम मोलेरै सोही पुलबाट आउजाउ गर्ने गरेका थिए । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल बगाएपछि सर्वसाधारणहरु मर्कामा परेका छन् ।

स्थानीय प्रशासनले पुल आसपास जान रोक लगाएको छ । बाढीले पुलमा थप क्षति पुर्याउन सक्ने भन्दै पुल छेउछाउ जान रोक लगाइएको स्थानीय प्रशासनले बताएको छ ।