• ११ मंसिर २०८१, मङ्गलबार

रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता

blog

गाेरखापत्र अनलाइन

रोल्पा, असोज २३ गते । रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराउनुभएको थियो । पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषद्का सदस्य भानबहादुर घर्ती छन् । 

उहाँले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैँ उपस्थित हुन नसकेको बताउनुहुँदै भन्नुभयो । ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिन । गए राति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ’, फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रूपमा काम गर्न मैले उम्मेदवारी दिएको छु ।’

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित, ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित हुनुभएको थियो ।

प्रदेशसभातर्फ भने प्रदेश 'क'मा माओवादीका जोखबहादुर महरा र 'ख'मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराउनुभयो ।