• १३ मंसिर २०८१, बिहिबार

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका

blog

काठमाडौँ,  असोज १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशमीको टीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरूलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।     

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिनुभएको हो ।