• २२ असार २०८१, शनिबार

लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, असाेज १७ गते । कीर्तिपुरका धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ ।

उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्डमा पूरा गरेर ४५ वर्ष उमेर समूहमा साे स्थान हासिल गर्नुभएकाे हाे ।

करिब ४० हजार धावकहरूले भाग लिएकाे साै दाैडकाे खुल्ला समूहमा उहाँ ६६१औं स्थानमा पर्नुभएकोमा छ ।

प्रथम हुने केन्याका आमोस किपृटोले २  घण्टा ४ मिनेट ३९ सेकेन्डमा दाैड सम्पन्न गर्नुभएकाे थियाे ।