• १७ असार २०८१, सोमबार

बुटवल उपमहानगरको सडक–फुटपाथ खाली गर्न आग्रह

blog

बुटवल उपमहानगरपालिकाको कार्यालय । तस्विर –कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ २५ गते । बुटवल उपमहानगरपालिकाले सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न आग्रह गरेको छ । शुक्रबार उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै तीनदिने अल्टिमेटम दिएको छ ।

विज्ञप्तिमा गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेलागाडा,सवारी पार्किङ तथा वर्कसपहरू हटाउन उल्लेख गरिएको हो ।

उपमहानगरका अधिकृत डोलराज पौडेललेद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा सडकको पेटी, चोक र चौराहामा अव्यवस्थित रूपमा रहेका ठेलागाडा, ट्याङ्की, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसपलगायतका सामानहरूका कारण अवरोध भएकाले तीन दिनभित्र खाली गर्न निर्देशन दिइएको छ ।

समय सीमाभित्र खाली नगरे उपमहानगरले डोजर प्रयोग गरेर भए पनि खाली गर्ने नगर प्रवक्ता शिव रानाले बताउनुभयो । बुटवलमा सडक सीमा मिचेर व्यापार व्यवसाय गर्नेहरूको सङ्ख्या बाक्लो छ ।