• ४ वैशाख २०८१, मङ्गलबार

हातहतियार बुझाउन रुपन्देही प्रशासनको निर्देशन

blog

रुपन्देहीको भैरहवामा रहेको जिल्ला प्रशासन कार्यालय । तस्विर - कपिल ज्ञवाली ।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, असोज २१ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न सम्बद्ध पक्षलाई निर्देशन दिएको हो । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो ।

जिल्लाभित्रका सम्पूर्ण हातहतियारधनीहरुलाई नजिकको प्रहरी इकाइमा लगत राखी निर्वाचन पश्चात् फिर्ता हुने गरी बुझाउन भनेका छौँ, उहाँले भन्नुभयो ।

प्रशासनले एक विज्ञप्ति जारी गरेर इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको हो ।