• २४ वैशाख २०८१, सोमबार

उत्तराखण्डमा भएको बस दुर्घटनामा ३३ को मृत्यु

blog

नयाँदिल्ली, असोज २० गते । भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो ।  

 स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।     

 प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो ।     

 प्रहरीले मङ्गलवार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको थियो ।     

 उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो । सो दुर्घटनामा घाइते भएकाको मृत्यु भएको हो ।     

 सो दुर्घटनामा परेका २७ जना पुरुष र छ महिलाको शव प्रहरीले भेटेको जनाएको छ । अरु १८ जना अझै पनि घाइतेको उपचार जारी छ ।     

 दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।