• १३ साउन २०८१, आइतबार

बाबुद्वारा छोराको हत्या

blog

कबिराज घिमिरे  

हिले, असोज २१ गते । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ९ मा आफ्नै बुवाले छोराको हत्या गरेका छन् । हत्या हुनेमा पाख्रिवास ९ का ३० वर्षीय सन्तोष ठाडा  हुन् ।

उनलाई आज बिहान करिब साढे ८ बजे आफ्नै बुवा ५४ वर्षीय उपेन्द्र ठाडाले धारिलो हतियार प्रयोग गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

घरायसी विवादका कारण हत्या भएको प्रहरीले जनाएको छ । हत्यापछि उपेन्द्र ठाडाले प्रहरी चौकी हिलेमा आत्मसमर्पण गरेका छन् ।

घर नजिकै बङ्गुरको खोर निर्माण गरिरहेका बुवासँग वादविवाद बढेपछि आफूसँंग रहेको हतियार प्रयोग गरी हत्या गरेको स्थानीयले बताएका छन् ।