काठमाडौं, असोज २१ गते । सत्तारुढ दल नेपाली कांग्रेसले यस वर्ष चाडपर्व विशेष चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रम गर्दै आएकोमा यस वर्ष सो दिन आगामी निर्वाचनको उम्मेदवार चयनको मिति रहेकाले सो कार्यक्रम स्थगन भएको जानकारी दिनुभयो ।
कांग्रेसले २०३३ सालदेखि बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदानका लागि चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।