जंगली हात्तीको आक्रमणमा परी बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ का एकजनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका – १२ निवासी व्यावसायिक किसान विष्णु भट्ट नवलपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । ‘भोट होइन, बोट रोपौं’ भन्ने अभियान चलाएर निर्वाचनमा मतदान नगरेका कृषक भट्ट नेताहरुलाई चुनौती दिँदै स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिनुभएको छ ।
कोहलपुर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा अनधिकृतरुपमा राखिएका होर्डिङ बोर्ड र ब्यानरलगायतका प्रचार सामग्री हटाउने अभियानलाई तीव्र पारेको छ ।
सुर्खेत क्षेत्र नम्बर १ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका धुब्रकुमार शाही चुनावी मैदानमा हुनुहुन्छ ।
नवौं खेलकुद खेलकुदअन्तर्गत पुरुष बास्केटबलमा एपीएफले गण्डकीलाई ८१–७९ ले हराएर स्वर्ण पदक जितेको छ । गण्डकीकाे सो हारको बदला लिँदै थ्री अन थ्री बास्केटबलको फाइनलमा एपीएफलाई २१–१६ ले हराएर च्याम्पियन बन्यो ।
वौँ राष्ट्रिय खेलकुदमामा पाराग्लाइडर निसिम थापाको निधन नवौँ राष्ट्रिय खेलकुदमा असोचनीय र अकलल्पनीय घटना थियो । सो घटनाले पाराग्लाइडिड खेल स्थगित गरियो । त्यसपछि सो प्रतियोगिता पुनः हुन सकेन । यद्यपि, असोज २८ गते गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पदक विजेताको छिनाेफानो गरिएको छ ।
घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी घोराहीमै जन्मिनुभयो, बजार मै हुर्किँदै हुनुहुन्छ । करिब १४ वर्षीय उहाँले अहिलेसम्म खाना पकाउनुभएको छैन, न त आफ्ना कपडा धुने काम गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ ।
प्रमुख खेलकुद मेलामा डोपिङ पनि नचाहेरै जोडिन आएको अभिन्न अङ्ग बनिसकेको छ । खेलमा पहिलो हुने नाममा खेलाडीहरु गलत तरिका अपनाउन पनि पछि पर्दैनन् । जसमध्ये खेलाडीद्वारा शक्ति बढाउनका लागि प्रयोग गर्ने प्रतिबन्धित औषधिको प्रयोग सबभन्दा अगाडि छ । जसलाई डोपिङ भनिन्छ ।
सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्र प्रमुखमाथि बुधबार बिहान लुटेरा समूहले गोली प्रहार गरेको छ । सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा र दाहिने तिघ्रामा तीन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमा नाकाबाट ठूलाे परिमाणमा पटाका बरामद गरेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी मुख्यालयले मङ्गलबार (कात्तिक १ गते) गतेसम्म सबै सीमा नाकाबाट १९ लाख ७० हजार मूल्य रूपियाँ बराबरका पटाका नियन्त्रणमा लिएको जनाएको छ ।
भारतीय कांग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सातहजार ८९७ भोट प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्टिय खेलकुद प्रतियोगिताको सफल आयोजना आफैँमा एउटा ठूलो उपलब्धी भएको बताउनुभएको छ ।
नेपाल आर्मीका खेलाडीले जुडोमा चार स्वर्णपदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबार सकिएको सात इभेन्टमध्ये आर्मीका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । आर्मीले थप तीन रजत र तीन काश्य पदक पनि हात पारे ।