संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ ।
प्रमुख खेलकुद मेलामा डोपिङ पनि नचाहेरै जोडिन आएको अभिन्न अङ्ग बनिसकेको छ । खेलमा पहिलो हुने नाममा खेलाडीहरु गलत तरिका अपनाउन पनि पछि पर्दैनन् । जसमध्ये खेलाडीद्वारा शक्ति बढाउनका लागि प्रयोग गर्ने प्रतिबन्धित औषधिको प्रयोग सबभन्दा अगाडि छ । जसलाई डोपिङ भनिन्छ ।
सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्र प्रमुखमाथि बुधबार बिहान लुटेरा समूहले गोली प्रहार गरेको छ । सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा र दाहिने तिघ्रामा तीन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमा नाकाबाट ठूलाे परिमाणमा पटाका बरामद गरेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी मुख्यालयले मङ्गलबार (कात्तिक १ गते) गतेसम्म सबै सीमा नाकाबाट १९ लाख ७० हजार मूल्य रूपियाँ बराबरका पटाका नियन्त्रणमा लिएको जनाएको छ ।
भारतीय कांग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सातहजार ८९७ भोट प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्टिय खेलकुद प्रतियोगिताको सफल आयोजना आफैँमा एउटा ठूलो उपलब्धी भएको बताउनुभएको छ ।
नेपाल आर्मीका खेलाडीले जुडोमा चार स्वर्णपदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबार सकिएको सात इभेन्टमध्ये आर्मीका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । आर्मीले थप तीन रजत र तीन काश्य पदक पनि हात पारे ।
दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दीपिका परियार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जानकारी दिएको छ ।
सन्तोषी श्रेष्ठ अहिलेको समयमा नेपालकी सबभन्दा चर्चित धाविका हुनुहुन्छ । सन् २०१९ मा काठमाडौंमा भएको १३ औँ सागमा दस हजार मिटर महिला दौड फोटो फिनिसमा नेपाललाई स्वर्ण दिलाएपछि सन्तोषीको चर्चा चुलिएको थियाे । जुन उपलब्धिले उहाँलाई दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउने एक मात्र महिला धाविका बनाएको थियाे । सो प्रतियोगितापछि उहाँ विरलै दोस्रो हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार पार्न सक्षम जनप्रतिनिधि चुन्ने अवसर आउँदो निर्वाचन भएको बताउनुभएको छ । उहाँले विकासको लहर ल्याउने र नेपालीको मुहारमा खुसी ल्याउने पार्टी एमाले भएको बताउँदै स्पष्ट बहुमत ल्याउने दाबी पनि गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचनमा राजनीतिज्ञ हृदेश त्रिपाठी र उद्योगपति विनोद चौधरीबीच भिडन्त हुने भएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा अविरल वर्षाका कारण भदौ ३१ गते बाढी र पहिरोले क्षति पु¥याएका १३७ घरधुरीलाई आवाज संस्थाले राहत वितरण गरेको छ । पञ्चपुरी नगरपालिका–९, १० र ११ नम्बर वडाका बाढी र पहिरोले बढी मात्रामा क्षति पु¥याएको थियो ।
प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ ले जिल्लाको मात्रै नभई देशको ध्यान तानेको छ । वर्तमान सरकारका कानुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सो क्षेत्रबाट उम्मेदवारी दिनुभएकाले सबैकाे ध्यान तानिएको हाे।
वर्षासँगै गएको पहिरोले अवरुद्ध बनाएको सडकको मर्मत कार्यमा जनप्रतिनिधिहरु जुट्नुुभएको छ । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले दश दिन भन्दा बढी सडक अवरुद्ध भएपछि आफैँ सडक मर्मतका लागि लागेको बताउनुुभयो ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मगंलबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं. २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अंकित ठाकुर रहेको प्रहरीले जनाएको छ ।