• १७ असार २०८१, सोमबार

राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्छ : भट्ट

blog

किसान विष्णु भट्ट क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार पत्रकार सम्मेलन गर्दै ।

मीना कँडेल

कावासोती, कात्तिक ३ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१२ निवासी व्यावसायिक किसान विष्णु भट्ट नवलपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कृषि उत्पादनबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने भट्टले कृषिको विकासका लागि राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्ने तर्क गर्नुभएकाे छ ।

कृषिमा उत्पादन वृद्धि गर्ने योजनाका साथ युवाले काम गर्नुपर्ने उहाँको धारणा छ ।यसअघि निर्वाचनमा मतदान नगरेका कृषक भट्ट नेताहरुलाई चुनौती दिँदै स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिनुभएको छ ।

नवलपुर १ मा तीन पटक निर्वाचित नेपाली काँग्रेसका डा. शशाङ्क कोइराला, नेकपा एमालेबाट संविधानसभा सदस्य हुनुभएका केन्द्रीय सदस्य कृष्ण पौडेललगायत स्वतन्त्र पाँच जना र ११ दलका उम्मेदवारसहित १६ जना मैदानमा छन् ।

करिब २२ बिघा जग्गा भाडामा लिएर व्यावसायिक कृषि पेशा गर्दै आउनुभएका भट्ट  आधुनिक कृषि प्रणालीको विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुहुृन्छ ।