कैलालीमा जङ्गली हात्तीको झुन्डले किसानको धानबालीमा नोक्सान गरेको छ । गएराति गाउँ पसेको हात्तीको झुन्डले गौरीगङ्गा नगरपालिका–१, ३, ४ र ५ मा किसानको धानबालीमा नोक्सान गरेको हो ।
कैलालीमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । गएराति घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर लम्कीचुहा नगरपालिका–४ का १९ वर्षीय कमल बजगाइँको ज्यान गएको हो ।
राष्ट्रिय संवत् नेपाल संवत् ११४३ न्हूदँ यहाँस्थिति विभिन्न स्थानमा हर्षाेल्लासका साथ मनाइएको छ । कीर्तिपुर, पाँगा, नगाउँ, इटागोल, भाजंगाल, चोभारसहित विभिन्न स्थानमा नेपाल संवत्लाई स्वागत गरिएको हो ।
राजधानीको वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत गरिएको छ । न्हूदँ नेपाल सम्वत ११४३ मुल आयोजक समितिद्वारा नगरपरिक्रम गरेर नयाँ वर्ष धुमधामका साथ मनाइएको हो ।
आज बुधबारदेखि नेपाल संवत् नयाँ वर्ष ११४३ सुरू भएको छ । यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदादेखि सुरू हुन्छ । लक्ष्मीपूजाको भोलिपल्टदेखि सुरु हुने यो संवत्मा आधारित रहेर विभिन्न जात्रा र उत्सव निश्चित गरी मनाउने गरेको पाइन्छ ।
नेपाल संवत् ११४३ बुधबारबाट शुरू भएकाे छ । शङ्खधर साख्वाः प्रतिष्ठानले बुधबार मध्यपुुरथिमि, भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा केही दृश्यहरू
कात्तिक शुक्ल प्रतिपदा गोवर्द्धन पूजा गरिएको छ । घर आँगन तथा गोठमै पनि लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।
प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा हुनेभएको छ । कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका (१० क) र चन्द्रागिरि नगरका केही वडाहरू रहेको (१० ख) क्षेत्रमा गठबन्धनमा रहेको प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच प्रतिस्पर्धा हुने भएको हो ।
चाडपर्वको समयमा खानेकुराका विभिन्न परिकारले हाम्रो भान्सामा स्थान पाउने गर्दछन् । नेपाली हिन्दुकाे दोस्रो ठूलो चाड तिहार यतिबेला धुमधामका साथ मनाइँदै छ । तिहारमा आफ्नै घरमा विभिन्न प्रकारका रोटी पकाउनुका साथै बजारमा पाईने रंगिचंगी मिठाईका परिकार हाम्रो भान्सामा भित्रने गर्दछन् ।
नेपालकाे मुस्ताङ जिल्लाकाे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिरमा स्वदेशी तथा विदेशी भक्तालुहरूकाे घुइँचाे हुने गरेकाे छ ।
भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले मुलुकमा देखिएको समस्याको निकास र जनताले खोजेको विकासको चाहना पूरा गर्ने काम निर्वाचनपछि बलियो गठबन्धनको सरकारले पूरा हुनसक्ने बताउनुभएको छ ।
लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले लक्ष्मीको आराधना गर्नुभयो ।