नेपाली काँग्रेसका नेता एवं झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौला मतदाताको घर आँगनमा पुगेर स्थानीयका समस्या सुन्दै समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो ।
तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ ।
लोकतान्त्रिक समाजवाद पार्टीका केन्द्रीय सदस्य राजाराम साह नेकपा एमाले प्रवेश गर्नुभएको छ । साहसहित लोसपाका प्रियारानी रश्मि सिंह, प्रदेश सदस्य राजकुमार सिंह र बाराका जिल्ला कमिटी सदस्यहरु पार्टी प्रवेश गर्नुभएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ ।
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं –२ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले जिल्लालाई विकास निर्माणमा नमूना बनाउने बताउनुभएको छ । निर्वाचनमा विजयी गराई आम गुल्मेली जनताको सेवासँगै जिल्लालाई विकास निर्माणमा नमूना बनाउन अवसर प्रदान सबै मतदातासँग आग्रह गर्नुभएको हो ।
कैलालीमा जङ्गली हात्तीको झुन्डले किसानको धानबालीमा नोक्सान गरेको छ । गएराति गाउँ पसेको हात्तीको झुन्डले गौरीगङ्गा नगरपालिका–१, ३, ४ र ५ मा किसानको धानबालीमा नोक्सान गरेको हो ।
कैलालीमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । गएराति घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर लम्कीचुहा नगरपालिका–४ का १९ वर्षीय कमल बजगाइँको ज्यान गएको हो ।
राष्ट्रिय संवत् नेपाल संवत् ११४३ न्हूदँ यहाँस्थिति विभिन्न स्थानमा हर्षाेल्लासका साथ मनाइएको छ । कीर्तिपुर, पाँगा, नगाउँ, इटागोल, भाजंगाल, चोभारसहित विभिन्न स्थानमा नेपाल संवत्लाई स्वागत गरिएको हो ।
राजधानीको वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत गरिएको छ । न्हूदँ नेपाल सम्वत ११४३ मुल आयोजक समितिद्वारा नगरपरिक्रम गरेर नयाँ वर्ष धुमधामका साथ मनाइएको हो ।
आज बुधबारदेखि नेपाल संवत् नयाँ वर्ष ११४३ सुरू भएको छ । यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदादेखि सुरू हुन्छ । लक्ष्मीपूजाको भोलिपल्टदेखि सुरु हुने यो संवत्मा आधारित रहेर विभिन्न जात्रा र उत्सव निश्चित गरी मनाउने गरेको पाइन्छ ।
नेपाल संवत् ११४३ बुधबारबाट शुरू भएकाे छ । शङ्खधर साख्वाः प्रतिष्ठानले बुधबार मध्यपुुरथिमि, भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा केही दृश्यहरू
कात्तिक शुक्ल प्रतिपदा गोवर्द्धन पूजा गरिएको छ । घर आँगन तथा गोठमै पनि लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।